२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोटिखेलका विद्यार्थीले गरे आफूलाई पढाउने शिक्षकको सम्मान



१२ चैत्र । दक्षिण ललितपुरको गोटिखेल क्षेत्रमा रहेको महाँकाल उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुले आफूलाई बाल्यकालमा पढाउने शिक्षकहरुको सम्मान कार्यक्रम आयोजना गरेर सम्मानित गरेका छन् ।

महाँकाल पुर्व विद्यार्थी एसएलसी २०५८ ब्याच गोटिखेलका विद्यार्थीहरुले प्रधानाध्यापक गोविन्द प्रसाद पराजुली, शिक्षकहरु गंगाराम मण्डल, अर्जुनकुमार खरेल, ठाकुर तिमल्सिना र रामहरि दुलाललाई सम्मान गरेका हुन् ।
सम्मान ग्रहणपछि भावुक हुँदै प्राध्यापक गोविन्द्रप्रसाद पराजुलीले धन्यवाद दिदै भने, ‘शिक्षकले पाउने भनेको विद्यार्थीको सम्मान तथा तपाईहरुको प्रगती तथा उपलब्धिमा खुसी हुने हो ।’

उनले विद्यालयमा पढाउदा आमा बिरामी हुँदा समेत अर्को व्यक्तिलाई हेर्न लगाएर अध्यापन गरेको समरण गरे ।
उनले विद्यालय सञ्चालन गर्दाको बखत बाहिर स्कुलको शिक्षकलाई बढी तलब दिएर आफूले कम तलब लिएर काम गरेको सम्झिए ।

शिक्षक गंगाराम मण्डलले आफूले  विद्यालयमा २१ वर्ष सेवा गरेको र विद्यार्थीहरु देशका उच्च पदमा पुगेकोमा खुशी व्यक्त गरे ।
शिक्षक ठाकुर तिमल्सिनाले २० वर्षपछि भेट्दा आफैले पढाएको विद्यार्थीहरु चिन्न पनि कठिन भएको भन्दै आश्चार्य व्यक्त गरे ।

शिक्षक अर्जु कुमार खरेलले विद्यार्थीसँग भौतिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा नजिक रहेको धारणा राखे । विद्यार्थीहरुले भेटघाट र पिकनिकको समेत कार्यक्रम राखेका थिए ।

 

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।