२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री आकांक्षाले गरिन् आत्महत्या



काठमाडौं, १२ चैत । भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन्। मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ। आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन्। उनी भोजपुरी उद्योगकी चर्चित अभिनेत्री हुन्। आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामका फिल्ममा अभिनय गरेकी थिइन्।

उनले किन आत्महत्या गरिन् भन्ने कुरा भने खुल्न सकेको छैन्। उनको आत्महत्याको खबरले भोजपुरी फिल्म उद्योग शोकमा डुबेको छ। उनको मृत्युले भोजपुरी फिल्म उद्योगमा ठूलो धक्का लागेको उद्योगका सरोकारवालाहरूले बताइरहेका छन्। आकांक्षा तीन वर्षको उमेरमा आमाबुवासँग मुम्बई गएकी थिइन्।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  २ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।