५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘खुलामञ्चमा शिविर बनाएरै राख्न गरिएको तयारीहरु शंकास्पद’




१४ चैत्र । काठमाडौं महानगरका मेयर बालेन्द्र(बालेन) शाहले खुलामञ्चमा शिविर बनाएरै राख्न गरिएको तयारीहरु शंकास्पद रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले खुलामञ्च निषेधित क्षेत्र नभएको उल्येख गर्दै शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने उल्येख गरेका छन् ।

उनले प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौँ आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको र गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको लेखेका छन् ।

उनले लेखेका छन्,‘यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रीपरिषदले दिनु पर्ने हो ।’

मेयर शाहले काठमाडौँ महानगरले सुरक्षित बसाइका दिइएको तर खुलामञ्चभन्दा अन्य विकल्पहरु मान्न तयार नभएको आन्दोलनकारीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उनीहरु बालुवाटारतिर लागेको उल्येख गरेका छन् ।

उनले स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने बताउदै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ३ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।