२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महांकालमा मोटरसाइकल दुर्घटनामा फुँयाल दम्पत्तीको मृत्यु, छोरी घाइते



ललितपुर, १४ चैत । ललितपुर महांकालमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा श्रीमान–श्रीमतीको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना भएको हो ।

बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।
दुर्घटना हुँदा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्‍णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो।

उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १० : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।