विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्।
काठमाडौं, १४ चैत । सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाइ’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन्। नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसँग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन्।
उनले आज आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन्। विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्।
नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत ३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो।








प्रतिक्रिया