११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा ६३ वर्षमा एसईई दिदैं चन्द्रलक्ष्मी श्रेष्ठ



भक्तपुर
१४ चैत । आस्था महिला विद्यालय भक्तपुरबाट एसर्ईई परिक्षा ६३ वर्ष उमेरकी विद्यार्र्थी चन्द्र लक्ष्मी श्रेष्ठ एसर्ईई परिक्षामा सहभागी हुदैंछिन् । शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने उद्देश्यले २०६४ सालदेखि सञ्चालित यो विद्यालयमा आफु समस्यामा भएपनि महिलाहरुको पढ्ने धोको पुरा गर्न सक्रिय छ ।
विद्यालयकी प्रार्चाय विना देउजाका अनुसार विद्यालयका अनुसार ९ जना एसईई परिक्षामा सहभागी हुदैं छन्। उनीहरु सबै १७ वर्षदेखि ६३ वर्ष उमेरसम्मका रहेका छन् । उनीहरुको परिक्षा केन्द्र आर्दश माविमा परेको छ ।
वि.सं. २०६५ सालबाट विद्यालय सुरु गरेको यो वर्ष ११ औं एसईई दिने तयारी गरेको छ । यो विद्यालय मध्यपुरथिमी गठ्ठाघरमा रहेको छ ।
यो विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । मनभित्र चाहना र दृढ अठोट भए पढ्नलाई उमेरले छेक्दन भन्ने यहाँका विद्यार्थीहरुले पुष्टि गरेका छन् । २०६५ सालदेखि कक्षा सञ्चालन भएपनि भाडाको घरमा विद्यालय चलिरहेको छ ।
यो वर्ष विद्यालयबाटयो वर्षको एसईई परिक्षा १७ गते शुक्रबारदेखि सुरु हुदैंछ । यस बर्षको परिक्षामा देशभरबाट ४ लाख ८५ हजार बिद्यार्थी सहभागी हुँदै छन् । प्रदेशगत रूपमा फरक फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइदैंछ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कक्षा १० को एसईई परीक्षामासाधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाकालागि सबै उत्तर पुस्तिका र प्रश्न पत्र पठाइ सकिएकोपरीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १ : ०५ बजे