९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बोर्ड अध्यक्ष भुवन केसी र नवल खड्काबीच आरोप प्रत्यारोप



बोर्डले गरेको साइवर सुरक्षाको कार्यक्रमप्रति खड्काले उखान सुनाउदै भने,‘केटाकेटी आए गुलेली चलाए मट्ंग्राको सत्यानास भएजस्तो कार्यक्रम छ ।’

 

ललितखबर
१५ चैत्र । चलचित्र पाइरेसीका विषयमा राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी र निर्माता संघका अध्यक्ष नवल खड्काबीच आरोप प्रत्यारोप चलेको छ ।
चलचित्र पाइरेसी हुँदा निर्माता र निर्देशकहरु रुदै हल्ला गर्दै हिड्ने तर छलफल गर्दा कोही नआउने भन्दै केसीले दुखेसो पोखेपछि निर्मातासँग अध्यक्ष खड्काले बोर्ड अध्यक्षले आफूहरुलाई राम्रोसँग नबोलाएको भन्दै आक्रोस पोखे । उनले सभाहलमा बोल्ने क्रममा भने, ‘हामीलाई साइवर सुरक्षाका बारेमा जानकारी दिएर बोलाइएन ।’

बोर्डले गरेको साइवर सुरक्षाको कार्यक्रमप्रति खड्काले उखान सुनाउदै भने,‘केटाकेटी आए गुलेली चलाए मट्ंग्राको सत्यानास भएजस्तो कार्यक्रम छ ।’
उनले पाइरेसी रोक्ने विषय महत्वपूर्ण भएको तर बोर्डको काम कारवाहीले आफूहरुमा उर्जा नआएको भनाई राखे । उनले भने,‘बोर्डले साइवर सुरक्षाको कार्यक्रम गरेर यसो गरिदिइ हालौं न भने जसरी कार्यक्रम ल्याएको छ ।’
‘निर्माताले घर खेत बन्धकी राखेर दुई चार करोड खन्याएको हुन्छ । चोरी भएर फिल्म भाइरल बनिसक्यो । एउटा निर्माता चलचित्र पाइरेसी भएर मरिसक्छ । खरानी भइसक्छ । राज्यले के गर्छ ।’ उनले भने,‘पाइरेसीलाई तुरुन्तै रोक्ने चाही कसरी ? हामीलाई त्यो चाहिएको छ ।’
निर्माता खड्काले पाइरेसी भएको १ मिनेटमा रोक्ने संयन्त्र चाहिएको भन्दै आफ्ना भनाइ राखेका थिए ।

खड्काले टिकटमा चलचित्र पाइरेसी गरे कारवाही हुने भनेर लेख्नु पर्ने, हलमा फिल्म देखाउनु अघि पाइरेसी गरे कारवाही हुने विज्ञापन राखिनु पर्ने, पाइरेसी गरेको फेला परे मोवाइल जफत र हर्जना तिराउने कारवाही भए मात्रै पाइरेसीको घटना कम भएर जाने बताए ।
केही समयअघिसम्म दुई चार मिनेट टिकटकमा चलचित्र आउदा सामाजिक सञ्जालबाट प्रचार भएको भन्दै निर्माताहरु खुशी नै हुन्थे । तर पछिल्लो समय ४० मिनेटसम्म आउन थालेपछि चलचित्रकर्मीहरु झस्किएका छन् । केही समयअघि छक्का पञ्जा ४ सामाजिक सञ्जालबाट बाहिरिएपछि निर्माण पक्ष कारवाहीको प्रकृयामा गएको थियो ।

चलचित्र सुटिङकै समयदेखि चलचित्रको पाइरेसी हुने बोर्डका अध्यक्ष भुवन केसी बताउछन् । सबैको हात हातमा मोवाइल हुने र त्यही मोवाइलले जानेर नजानेर सामाजिक सञ्जालमा हालिदिदा चलचित्र उद्योगलाई ठूलो घाटा हुने गरेको उनी बताउछन् ।
निर्मातालाई घर खेत धितोमा राखेर चलचित्र बताउनु चुनौतीपूर्ण बन्दै गएको छ । पाँच वटा चलचित्र बनेर चलेको देखिने तर ९५ वटा डुवेको नदेख्ने अवस्था छ । दर्शकले चलचित्रको मुख्य दृश्य खिचेर सामाजिक सञ्जालमा राखिदिदा हल सम्म दर्शक नजाने अवस्था हुन्छ ।
पछिल्लो समय प्रविधिको विकाशले जीवनशैलीलाई सझिलो बनाएको तर चुनौती श्रृजना भएको छ । राजधानीका मंगलबार चलचित्र क्षेत्रले सामाना गरिरहेको पाइरेसीको विषयमा छलफल गर्न बोर्डले साइबर सुरक्षासम्बन्धि हेल्प डेक्स स्थापना गर्ने कार्यक्रम राखेर सरोकारवालाहरुलाई निम्तो गरेको थियो ।

प्रतिलिपि अधिकार २०५९ ले बौद्धिक सम्पती चोरी गरे कारवाही हुने व्यवस्था गरेको छ । पहिलो पल्ट पाइरेसी गरे १० हजारदेखि १ लाखसम्म जरिवाना र कैद सजाय हुने व्यवस्था छ । दोश्रो वा तेश्रोपल्ट पाइरेसी गरेको खण्डमा थप सजाय हुने व्यवस्था छ ।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ४ : ०० बजे