५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सरकार पाँच वर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्याः बालेन



चैत १५ । काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले केन्द्रको सरकार पाँच वर्ष नटिक्दा स्थानीय तहले समन्वय गर्न समस्या हुने गरेको बताए।

बुधबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै यसपटकको सरकार केही समयलाई टिकाइदिन आग्रह पनि गरे।

उनले महानगर सभ्यता जोगाउन र सार्वजनिक सम्पत्ति जोगाउन लागिपरेको भन्दै यसमा केन्द्र सरकारले साथ दिनुपर्ने जिकिर गरे। उनले कार्यक्रममा उपस्थित स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत हुने उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिने वातावरण बनाउन सुझाए। उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताए।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।