काठमाडौं, १५ चैत । काठमाडौंमा अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा चिनियाँ नागरिकसहित १९ जना पक्राउ परेका छन् । ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले ९ जना चिनियाँ र १० नेपाली गरी १९ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र चण्डोलबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो । राजधानीमा अवैध रुपमा अफिस सञ्चालन गर्दै अनलाइनमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी उनीहरुले टेलिग्राममा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया