२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ठेचो बस्तीलाई ऐतिहासिक नामाकरण गर्दै स्थानीय युवा



अव ठेचोको बस्तीका नाम देयचा, बटुव,सुनागु,दुरु ख्य,क्वयु लाछी,खलबजस्ता रहनेछ

ललितखबर
१६ चैत्र । ललितपुर ठेचोका स्थानीय युवाहरु आफ्नो टोल बस्तीको ऐतिहासिक नामाकरणमा जुटेका छन् ।
पछिल्लो समय ऐतिहासिक नेवारी बस्तीमा आधुनिक नाम चलनचल्तीमा आउन थालेपछि आफूहरु लाई चित्त दुखेको स्थानीय धर्मेन्द्र महर्जन बताउछन् । उनले भने, ‘ठेचोको बास्तविक बस्ती देयचा नजिकको वटुवलाई अहिले सिभिल होम बनाइएको छ । ऐतिहासिक नाम मेटिने डर बढेको हुँदा हामीले बोर्ड राखेर पुरानो नाम संरक्षण गर्न लागेका हौं ।’
अव ठेचोको बस्तीका पुरानो नाम देयचा, बटुव,सुनागु,दुरु ख्य,क्वयु लाछी,खलबजस्ता नामले चिनिले भएको छ ।
ठेचोको बस्तीअघि सिभिलहोम अपोजिट ढल्केश्वर महादेव मन्दिर आसपास देयचामा बस्ती थियो । पछि मात्रै यो बस्ती माथि सरेको थियो । अहिले पनि यहाँ घर बनाउने क्रममा जग खन्ने क्रममा ऐतिहासिक भग्नावशेष भेटिने स्थानीय बताउछन् ।
गोदावरी नगरपालिका १२ को २ लाख बजेटमा १५ वटा वोर्ड राखिएको हो ।
नगरपालिकाले स्थानीय रिक्वेष्ट महर्जनको संयोजकत्वमा उपभोक्ता समिती बनाएर ऐतिहासिक नामाकरण गरेको बताइएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।