१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


५० हजार घुस लिँदै गर्दा वडाअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पक्राउ



१६ चैत । रुपन्देशीको शुद्धोधन गाउँपालिकाको ७ नम्बर वडाका वडाध्यक्षसहित प्रमुख प्रशासकिय अधिकृत ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यलयबाट खटेको टोलीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणि मरासिनी र गाउँपालिकाको ७ नम्बर वडाका वडाध्यक्ष भीमबहादुर यादवलाई ५० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
आयोगकाअनुसार उनीहरुलाई घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोगजनका लागि घुस लिएको अवस्थामा पक्राउ गरिएको हो । ५० हजार घुस माग गरिरहेको सूचना र उजुरी निवेदनका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १२ : १७ बजे