विद्यालयका प्रधानाध्यापकले जेल सजाय काटिरहेका शिक्षकको तलव ३ बर्षदेखि बुझेपछि स्थानीयले अख्तियार अनुसन्धान आयोगमा उजुरी दिए पनि मुद्दा अघि नबढाई ढिसमिस पार्ने खोजिएको छ ।
ललितपुर
चैत्र १७ । दक्षिण ललितपुरको एक विद्यालयका प्रधानाध्यापकले जेल सजाय काटिरहेका शिक्षकको तलव ३ बर्षदेखि बुझेपछि स्थानीयले अख्तियार अनुसन्धान आयोगमा उजुरी दिए पनि मुद्दा अघि नबढाई ढिसमिस पार्ने खोजिएको छ ।
वागमती गाँउपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, श्री जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्णबहादुर फुयाललगायतको चलखेलपछि अख्तियार अनुसन्धान आयोगले मुद्दा तामेलीमा राखेको छ ।
अख्तियारले प्रमाण भेटिएपछि मुद्दा अघि बढाउने निर्णय गरेको छ । यद्यपी मुद्दा कायमै छ । मुद्दा चलाउन प्रमाण पर्याप्त रहेको एक स्थानीयले बताए । उनले भने, ‘सरकारी खातामा तलव खातामा जम्मा भएकोको कागजात नै छ । अरु प्रमाण के चाहियो ।’
ललितपुरको बागमती गाउँपालिका ७ गिम्दीको श्री जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्णबहादुर फुयालले राहत प्रावि शिक्षक रवि केप्छाकी मगर ३ वर्षअछि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी ललितपुर जिल्ला अदालतले दोषी ठहर गरी जेल चलान भए पनि नियमित तलव विद्यालयमा ल्याएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा उनीहरुमाथि हदैसम्मको कारवाहीको माग गरेर मुद्दा परेको थियो ।
कानून अनुसार उजुरी परेपछि अस्थायी र राहतलगायतका कर्मचारीको तलव रोक्का हुनु पर्नेमा नियमित तलव माग परेर खातामा राखिएको थियो । कानूनी व्यवस्था विपरित गाँउपालिका र विद्यालयका शिक्षक फुयाँल मिलेर गैरकानूनी रुपमा बलत्कार सजायमा जेल काटिरहेको व्यक्तिकोे तलव लिएको भन्दै उजुरी परेको थियो ।
ती शिक्षकको प्रधानाध्यापक फुयालले तलव नियमित ल्याएको खुलेपछि स्थानीय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
अख्तियारमा उजुरी परेपछि विद्यालय व्यवस्थापन समितीको बैठक बोलाएर कारवाहीबाट बच्न तलव फिर्ता प्रकृया सुरु गर्ने निर्णय गरेका थिए । तर जनप्रतिनिधि नै प्रधानाध्यापकले गरेको गलत कामको आफू साक्षी नबस्ने भन्दै निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
करिव ३ बर्षअघि नै अभियोगपछि महानगरिय प्रहरी बृत्त चापागाँउले मगरलाई पक्राउ गरि लगेको थियो । अभियोगको निवेदन परेसँगै प्रहरी कार्यालयले उनको तलव रोक्न पत्र काटेको थियो ।
तर बलत्कार उजरी गरेपछि पनि मगरको नाममा तलव लिएको भन्दै स्थानीयहरु आक्रोसित छन् । प्रधानाध्यापकले शिक्षक जेल परेको पालिकाको शिक्षा शाखामा जानकारी दिनु पर्नेमा त्यसो नगरेको उनीहरुको भनाई छ । फुयालले तलबको माग फाराम भरेर तलब वागमती गाँउपालिकामा सरकारले पठाएको र वागमती गाँउपालिकाले पनि तलब पठाईरहेको पाईएको छ ।
विद्यालयका प्रधानाध्यापक फुयालले भर्खरै जेल परेको थाहा पाएकाले तलव फिर्ता प्रकृया सुरु गरेको बताएका थिए । यद्यपी करिव ३ हप्ता अघि नै उनी विरुद्ध अख्तियारमा उजुरी परेको थियो । उनी विरुद्ध उजुरी परेपछि मात्रै पैसा फिर्ता गर्ने निर्णय गरि गाँउपालिकामा निवेदन दर्ता गराइएको छ।
महिनाको करिव २८ हजार तलवले हुन आउने करिव ७ लाख रुपैयाँ आफूले ल्याएको फुयालले ललितपुर खबरसँग फोन संवादमा स्वीकार गरेका छन् उनले अभियोग सफाई पाएर आउने आशमा पैसा लिएको बताए ।
फुयाल नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघ बाग्मती गाउँपालिकाका अध्यक्ष समेत हुन् । गाँउपालिकासँग मिलोमतो गरेर अनियमिताको आशंकामा गएको कार्तिकदेखि पालिकाको शिक्षा शाखाले उनको नाममा रहेको तलबी रकम नपठाएको एक कर्मचारीले बताए ।
प्रतिक्रिया