९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


झण्डै एक महिनापछि बक्स अफिसमा नयाँ चलचित्र प्रेमा प्रर्दशन



प्रेम कथामा आधारित यस चलचित्रमा अरुण क्षेत्री, शुभेक्षा खड्का र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन्

 

१७ चैत्र । चलचित्र ‘छक्का पन्जा ४ र छड्के २’ प्रर्दशन भएको झण्डै एक महिनापछि बक्स अफिसमा अर्को चलचित्र ‘प्रेमा’ आजबाट प्रर्दशन सुरु भएको छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन् । धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमामा आएकी प्रेमाले बस विसौनीमै आकाशलाई झगडा गर्दै गरेको यसमा देखिन्छिन् । प्रेमालाई आकाश गुण्डा झैँ लाग्छ । थुनामा पारेपछि मात्र प्रेमालाई आकाश निर्दोष रहेको थाहा हुन्छ ।

आफ्नो गल्तीलाई भुलाउँदै क्षमा माग्नुभएकी प्रेमा विस्तारै आकाशसँग नजिकिँदै प्रेममा पर्छन् । यद्दपि भौगोलिकसँगै विचार र व्यवहारमा समेत फरक देखिएको सो जोडीको प्रेममा समस्या आउँछ । दुवै छुटिने बाटोमा पुगेपछि आकाश सडक दुर्घटनामा पर्छन् ।

निहारिकाको कारबाट भएको दुर्घटनाविरुद्ध आकाशले प्रहरीमा मुद्दा नहालेपछि दुवैको भेटघाट बढ्छ । आकाशको व्यक्तित्वले निहारिका आकर्षित भएपछि उनीसँग प्रेम बस्छ । यी दुवैको विवाह हुनै लाग्दा प्रेमा आइपुग्छिन् । त्यसपछि आउने आरोहअवरोहलाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा निर्देशक भण्डारीले भनेझैँ आफू प्रस्तुत भएको अभिनेत्री खड्काले बताछिन् । “मलाई सुरूमा यसमा सुहाउँदीन कि भन्ने लागेको थियो । यद्दपि निर्देशकले भनेपछि विश्वस्त भए ।”, उनले अभिनेत्री भनिन्, “प्रेम र जीवनको फरक पाटोलाई प्रेमाले बुझाइन । यो विसुद्ध प्रेमकथामा बनेको चलचित्र हो”,

अभिनेत्री खड्काझैँ अभिनेता क्षेत्रीको समेत यो दोस्रो चलचित्र हो । उनले यसमा निर्वाह गरेका भूमिका निर्देशककै अनुसार गरिएको बताएका छन् ।

“यसमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ । आकाशमार्फत प्रेमको फरक पाटोलाई चित्रण गर्न खोजेका छौँ”, अभिनेता क्षेत्रीले भने, “प्रेम र आकाशको प्रेममा आउने आरोहअवरोहले अहिलेको पुस्ताको सम्बन्धमा आउने दरार र समाधान बुझाउँछ । यस्तो भूमिकामा देखिने मेरो चाहना पूरा भयो ।”

निर्देशक भण्डारीले भेटेको एक युवतीको भोगाइलाई ‘प्रेमा’मा मिसाएर चलचित्र लेखेको बताए । “मैले कतै प्रेमाजस्तै पात्र भेटेको थिए । अहिले प्रेममा स–साना कुराले पनि समस्या आउने गरेका छन् । यी सब क्षणिक हुन् । चलचित्र हेरेपछि त्यो थाहा हुन्छ”, उनले भने, “द्वन्द्वप्रधान चलचित्रमार्फत निर्देशकमा पाइला टेके । यसपछि प्रेमकथानक चलचित्र चार÷पाँच वर्षसम्म बनाउँदिन ।”

प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा गरिएको हो । चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गरेका छन् । चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : ३१ बजे