९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘चित्रा’ निर्माण हुने



चलचित्रमा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ

१८ चैत्र । घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने चलचित्र‘चित्रा’को निर्माण घोषणा गरिएको छ । बिहिबार राम नवमीको अवसरमा चलचित्रको कास्ट एण्ड क्रिउ घोषणा गरिएकोे हो ।

आगामी भदौबाट छायांकनमा जाने चलचित्रमा अभिनेता अर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने चलचित्रको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ । चलचित्रले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुतत गर्ने निर्देशन लामिछानेले बताए ।

निर्देशक लामिछाने निर्देशनमा निर्माण भएको चलचित्र ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो चलचित्रको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भैरहेको छ । उनले ‘धौली, पञ्चेबाजा, अग्नीदहन’लगायतका सिनेमा निर्देशन गरिसकेका छन् ।
‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतीमा सन्तोष धिकारी फिल्मसको ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने चलचित्रको कथा अजय अधिकारीले तयार पारेका हुन् । अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । चलचित्रमा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।

 

निर्माता अधिकारीले केही समय अगाडी ‘डलर एयुडी’ नामक चलचित्रको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोमा जाने तयारीमा रहेको अधिकारी बताउँछन् । उनले निर्माण गरेको चलचित्र ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  १ : ०२ बजे