१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली ठूलो रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स’मा दीप श्रेष्ठको प्रवेश



यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा निर्णायकको रुपमा छन्

 

१८ जेठ । ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’ले आयोजना गर्न लागेको विश्वकै सबैभन्दा ठूलो धनराशी रहेको २ दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायकमा बरिष्ठ गायक दीप श्रेष्ठको प्रवेश भएको छ ।
इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरुलाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’को अडिसन गरिरहेको छ । यी दुबै रियालिटी शोको विजेताले १–१ करोड पुरस्कार राशी प्राप्त गर्नेछन् ।
काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेशनका केन्द्रिय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितीमा नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले निर्णायक मण्डललाई स्वागत गरेका थिए ।
आजबाट काठमाडौंको टोखास्थित स्टूडियोमा ‘मेरो भ्वाइस यूनिभर्स’को साइटलेस अडिसन हुनेछ । यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा निर्णायकको रुपमा छन् । यस्तै, कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गर्ने भएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्णायक र होस्टसँग कागजी रुपमा संझौता समेत गरिएको थियो । ‘मेरो भ्वाईस र मेरो डान्स यूनिभर्स’लाई चाडै नै सभ्य र भव्य रुपमा नेपाल टेलिभिजन र एनटीभी प्लसबाट प्रशारण गर्ने अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ६ : ३२ बजे