काठमाडौं, १८ चैत । काठमाडौंको चन्द्रागिरि डाँडामा हिमपात भएको छ । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन्।
यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ पहिलोपटक परेको हो । यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।बाँकी पहाडी क्षेत्रमा पानी परेको छ ।
तस्बिरः चन्द्रागिरि हिल्स
प्रतिक्रिया