शिविरमा करिव ४ सय पशुहरुको स्वास्थ्य परिक्षण गरिएको
ललितखबर
१९ चैत्र । ललितपुरको झरुवाराशीमा जिरे खुर्सानी कृषि सहकारीले एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
पशु स्वास्थ्य शिविरको नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले शुभारम्भ गर्दै युवाहरुले कृषि पेशा भविश्य खोज्नु पर्ने बताए । उनले भने, धेरै युवाहरु कृषिमा भविश्य खोजिरहेको देख्दा खुशी लाग्छ । साम्राज्यवादीहरुको आर्थिक हमलाबाट जोगिएर अघि बढ्न कृषि क्रान्ति जरुरी छ ।

शिविरमा करिव ४ सय पशुहरुको स्वास्थ्य परिक्षण गरिएको सहकारीका व्यवस्थापक सौरभ बञ्जाराले बताए । उनका अनुसार २० जना प्राविधिकले स्वास्थ्य शिविरमा सेवा दिएका थिए ।
संस्थाको आगनमा सयौं कृषकहरु गोवर जाँच र औषधि लिन दिनभर लाइन लागेका थिए । शिविरमा कुकुरलगायत पशुपञ्छीलाई रेविज विरुद्धको इन्जेक्सन दिइएको थियो ।
शिविर गोदावरी नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहयोग र पशुपञ्छी औषधि बजार प्रतिनिधि संघको विषेश सहयोग रहेको थियो ।
संस्थाकी अध्यक्ष सरस्वती घिमिरेले दक्षिण ललितपुरका किसानलाई संस्थामार्फत सहयोग गर्न पाउँदा गर्वको अनुभूति भइरहेको बताइन् । संस्थाका कोषध्यक्ष चन्द्रबहादुर परियारले सहकारीमा जोडिएका सदस्यले कृषि क्षेत्रमा आगामी दिनमा थुप्रै सुविधा दिने योजना बनाइएको बताएका छन् ।








प्रतिक्रिया