९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरी नगर फुटसलको उपाधी चापागाउँलाई



१९ चैत्र । गोदावरी नगरपालिका अन्तर वडा स्तरीय नकआउट फुटसल प्रतियोगिताको उपाधी गोदावरी वडा नं. ११ चापागाउँले जितेको छ ।
वडा नं.१ गोदामचौरलाई हराउँदै वडा नम्बर ११ ले उपाधी जितेको हो । नेकपा एमालेको ग्रासरुट अभियान अन्तर्गत राष्ट्रिय युवासंघ नेपाल गोदावरी नगर कमिटीले आयोजना गरेको प्रतियोगितामा नगरका १४ वटै वडासहित १६ वटा टिम सहभागी थिए ।
विजेता वडा नम्बर ११ ले ५० हजार नगदसहित ट्रफी र मेडल जितेका छन् । यस्तै उपविजेता वडा नम्बर १ ले २० हजार नगदसहित ट्रफी र मेडल हात पारेको छ । प्रतियोगितामा वडा नं. १ टिमका अरुण लामा उत्कृष्ट खेलाडी, वडा न.११ का नदिम देशार उत्कृष्ट गोलरक्षक र वडा नं.३ (बि) टिमका दामोदर कुँवर उच्च गोलकर्ता बन्न सफल भए ।
विजेता र उपविजेता टोलीलाई प्रदेश सभा सदस्य मधुसुदन पौडेलले पुरस्कार वितरण गरे । प्रतियोगितामा वडा नम्बर ३ र वडा नम्बर १० का २–२ वटा टिम रहेका थिए । प्रत्येक टिममा ८–८ जना खेलाडी र १–१ जना टिम कोच र म्यानेजर रहेका थिए ।

 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : १४ बजे