सहकारीको ८ अर्व बचतकर्ताको बचत देखिएको
ललितखबर
१९ चैत्र । ललितपुरको पुल्चोकमा कार्यालय खडा गरेर सञ्चालित सुमेरु बचत तथा ऋण सहकारी गम्भिर संकटमा फसेको छ ।
पछिल्लो समय गत चैत्र १० गते सूचना प्रकाशित गरेर बचत फिर्ता गर्न कठीन रहेको जानकारी दिएपछि सहकारीका बचतकर्ता पछिल्लो समय पैसा फिर्ता पाउनु पर्ने भन्दै संगठित भएका हुन् ।
पटक पटक ताकेता गर्दा पनि पैसा नपाएको भन्दै बचतकर्ताले शनिबार सातदोबाटोस्थित समेरु समूहमा भेला भएर सुमेरु बचत तथा ऋण सहकारी पिडित संर्घष समिती गठन गरेका छन् ।
भेलाले ११ सदस्यीय संर्घष समिती गठन गर्दै राम भण्डारी क्षेत्रीलाई संयोजक बनाएको छ । सदस्यहरुमा सुरज महर्जन,बोधराज भण्डारी,ठाकुरचन्द्र श्रेष्ठ,अमृत भुजेल,शोमिता केसी,सन्तोषकुमार रौनियार,सुमिता मालाकार,हेमकुमार थापामगर,महेन्द्र मानन्धर र नारायण श्रेष्ठ रहेका छन् ।
संर्घष समितीका एक सदस्यले सहकारीको ८ अर्व बचतकर्ताको बचत देखिएको बताए । उनले भने, ‘तर हामीले सहकारीसँग पर्याप्त सम्पती देखेनौं । सहकारीका अध्यक्षको व्यक्तिगत सम्पती चाही देखिन्छ ।’
सहकारीका अर्का बचतकर्ताले सहकारीले धेरै कम्पनीमा लगानी गरेर आम्दानी गर्ने तर बचतकर्तालाई बचत फिर्ता नदिने प्रबृति देखेर शंका उत्पन्न भएको बताए । हाम्रा धेरै कम्पनी छ । समस्या पर्दैन भन्ने कमाउने तर उतै लगानी गर्ने संचालकको नियत देखेर संर्घष समिती बनाउनु परेको सदस्यहरुको भनाई छ ।
पछिल्लो समय सहकारीका अध्यक्ष लामो समयसम्म देश बाहिर बसेपछि बचतकर्ता थप सशंकित भएका हुन् । केही समयअघि दुर्घटनामा परेर नेपाल नफर्केको बताइएको छ ।
प्रतिक्रिया