९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बहाव’ हेर्ने दर्शकले थाइल्याण्ड घुम्न पाउने



 

१९ चैत्र । चलचित्र ‘बहाव’ हेर्ने एक जना भाग्यमानी  एक जोडीका लागि निशुल्क थाइल्याण्ड घुम्ने व्यवस्था हुने भएको छ ।

‘बहाव’ चलचित्र निर्माण पक्षले बहाव चलचित्रको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेको छ ।

पुरस्कार जित्न योग्य हुनका निम्ति बहाब चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्नेछ । खल्ती एप प्रयोगकर्ताको एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ । नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एपमार्फत काट्न सकिने छ ।

खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली ब्यक्तीले एम डि होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन् ।
विजेताले दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात , पाँच दिनको टुर प्याकेज समावेश गरिएको बताइएको छ ।

बिजेता छनोट भने फिल्म प्रदर्शन सकिएको २ हप्तापछि खल्तीको अफिसियल पेजमार्फत लक्की ड्र गरिने बताइएको छ । प्याकेज प्राप्त गर्नको लागी नियम र सर्तहरु समेत राखिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ४ : ३१ बजे