११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ उपत्यकामा पश्चिमी वायुको प्रभावले साँझपख हल्का वर्षा



काठमाडौँ उपत्यकामा पश्चिमी वायुको प्रभावले साँझपख हल्का वर्षा

१९ चैत्र । काठमाडौँ उपत्यकामा साँझपख हल्का वर्षा भएको छ । बिहान र साँझ केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।

अहिले देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले पश्चिमी वायु केही कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेकाले विशेषगरी पहाडी भू भागहरूमा मेघ गर्जन\चट्याङ\हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रि मनसुन चलिरहेकाले पनि अझै केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । “प्रि मनसुनमा अपराह्नपछि मेघ गर्जन\चट्याङसहित ‘आइसोलेटेड रेन’ खण्ड–खण्ड वर्षा हुन्छ”, मौसमविद नगरकोटीले भनिन्, “यो केही समय निरन्तर हुन्छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहन्छ ।”

आज राति देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोलि सोमबार देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू भागका थोरै स्थानका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : १८ बजे