९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री आँचलको नाकको चर्चाः किन गरिन् सर्जरी ?



उनले आफ्नो नाकको प्वाल टालिएको र स्वास्थ्यमा समेत गम्भिर असर पर्न थालेपछि सर्जरी गरेर प्वाल बनाएको स्प्रष्टिकरण दिइन्

२० चैत्र । चलचत्रि क्षेत्रमा अभिनेत्रीको विभिन्न विषयमा चर्चा हुन्छ । कलाकार भएर सार्वजनिक जीवन बाँचिरहेका अभिनेत्रीहरुको विभिन्न कुराको चर्चा र असिप संसारभर नै हुन्छ । यसलाई स्वभाविक रुपमा लिइन्छ ।
पछिल्लो समय अभिनेत्री आँचल शर्माको नाकको चर्चा भयो । आँचलले नाकको सर्जरी गरेर रुप विगारेको विषय समेत प्रवेश पायो ।
श्रीमान् उदिप श्रेष्ठको कष्मेष्टिक अस्पतालमा नाकको सर्जरी गरेपछि श्रीमानको सर्जरी क्षमताको दुरुपयोग गरेर अनुहार विगारेको उनमाथि आरोप थियो ।
पछिल्लो समय अभिनेत्री आँचलले आफ्नो नाक जन्तजात नै विग्रेको खुलासा गरिदिएकी छिन् । प्रस्तोता प्रकाश सुवेदीले अप्सराजस्ती आँचलले प्लाष्टिक सर्जरी गरेर नाक विगारेको प्रश्न तर्साएपछि उनले आफ्नो नाकको प्वाल टालिएको र स्वास्थ्यमा समेत गम्भिर असर पर्न थालेपछि सर्जरी गरेर प्वाल बनाएको स्प्रष्टिकरण दिइन् । उनले राती सुत्दा नाकको प्वाल सानो भएकै कारण घुर्ने समस्या परेको, हृदयघात समेत हुनसक्ने सम्भावना बढेको बताएकी छिन् ।
उनले एउटा नाकको प्वाल सानो भएर सधै तनाव हुने गरेको उनले बताएकी छिन् । आफ्ना श्रीमान्ले सर्जरी आफूलाई भेटेपछि मात्रै गरिदिएको उनको भनाई छ ।
उनले नाकमा हड्डी पलाएको र ग्यासट्रिक भएको र स्वास्थ्यमा समस्या भएको उनको भनाई छ ।
आफूले नाकको सर्जरी गरेको प्लाष्टिक सर्जरी भने नगरेको स्प्रष्ट पारेकी छिन् ।

भिटियटेट सेक्टम

 

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : १६ बजे