७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउको बुद्ध मूर्ति चोरी : काठमाडौंका सासंद श्रेष्ठले संसदमा उठाए आवाज



२० चैत्र । ललितपुरको चापागाँउमा चोरी भएको मूर्ति खोजीबारे काठमाडौंका सासंदले संसदमा ध्यानाकर्षण गराएका छन् ।
आइतबार संसदमा बोल्दै काठमाडौं ८ बाट सासंद जितेका श्रेष्ठले चापागाँउको स्तुपाबाट गत फागुन १७ गते र २८ गते ३ वटा बुद्धको मूर्तिहरु चोरी हुँदा पनि प्रशासन मौन रहेको भन्दै उनले आपत्ती जनाएका हुन् ।
उनले ऐतिहासिक, पुरातात्विके मुत्र्तिहरु चोरी भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ मागेका छन ।

उनले प्राचीन स्मारक ऐन अनुसार ललितपुरको सिडिओ र एसपी सँग स्पष्टीकरणको माग पनि सांसद श्रेष्ठले माग राखे ।

ऐतिहासिक मूर्तिहरु श्रृखलाबद्ध रुपमा चोरी भइरहदा पनि ललितपुरका सासंद र मेयरलगायत जनप्रतिनिधिहरुले मुख खोलेका छैनन् ।

प्रहरीले अपराध महाशाखाबाट अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले अनुसन्धान पुरा नभई तथ्य बाहिर ल्याउन नसकिने बताएको छ ।

आज चापागाँउका स्थानीयहरुले शान्तिपूर्ण रुपमा आन्दोलनमा रहेको उनले संसदलाई बताएका थिए ।
मूर्ति चोरी भएलगत्तै सिसिटिभी फुटेज र मूर्ति लैजादै गरेको लोकशन समेत फेला परेको छ ।
यस क्षेत्रमा पटक पटक मूर्ति चोरी भइरहे प्रहरी र प्रशासनले फेला पारेर सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : १७ बजे