९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भरतपुर क्रिकेट रंगशाला सरकारले बनाउने



सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफराक गर्ने निर्णय गरेको छ

 

२० चैत । भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने भएको छ । संघीय भरतपुरको क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफराक गर्ने निर्णय गरेको छ ।  रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फण्डेसनले निर्माण सामाग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ ।

यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने भन्ने अलमल लामो समय रह्यो ।

मन्त्रिपरिषदको निर्णयपछि अब भरतपुर महानगरले हिसाब फरफारक गर्ने छ । रंगशाला निर्माणको काम भने युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाउने निर्णय भएको हो । मन्त्रिपरिषदको निर्णय अनुसार ‘निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण हुनेछ ।’

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ५ : ०९ बजे