१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सद्‍भावना दूतमा नियुक्त भए राजेशपायल राई



काठमाडौं, २२ चैत । गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाे नगर सद्भावना दूतमा नियुक्त भएका छन् । राजेशपायल उक्त नगरपालिकाको वडा नम्बर १४ स्थित बुइपामा जन्मिएका हुन् । चैत १९ गतेको कार्यपालिकाको बैठकले दूत नियुक्त गरेको हो ।
नगरप्रमुख तीर्थराज भट्टराईले ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित राजेशपायललाई नगरपालिकाको शान, मान र स्वाभिमानको रुपमा दूत नियुक्त गरिएको बताए ।
नगरपालिकाको उक्त बैठकले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ तथा विज्ञ समूह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाहकार, २८ सदस्यीय समृद्ध नगर स्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : २२ बजे