२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरकी सासंद डा. तोसिमाद्वारा नख्खु सडकबारे मन्त्रालयसँग सूचना माग



मन्त्रालयबाट सूचना नपाए ७ दिनपछि सूचना आयोगमा उजुरी हालेर कारवाहीको माग गर्न सक्ने व्यवस्था छ

२२ चैत्र । ललितपुर क्षेत्र नं. ३ की सासंद डा. तोसिमा कार्कीले नख्खु भैसेपाटी सडक विस्तारका सम्बन्धमा भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयसँग कागजात माग गरेकी छिन् ।
सांसद डा. कार्कीले सूचनाको हक प्रयोग गर्दै नख्खु सडकको ठेक्काको अवस्था, ठेक्का लगाइएको रकमलगायतका सूचना माग गरेकी हुन् ।
उनले नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि बनेको ऐन २०६४ को दफा ३ र ७ अनुसार सूचना माग गरेकी हुन् ।

मन्त्रालयका सूचना अधिकारीले १५ दिनभित्र सूचना उपलव्ध गराउनु पर्ने व्यवस्था छ । सूचना अधिकारीले १५ दिनभित्र सूचना नदिए कारवाही गर्न मन्त्रालयका प्रमुखलाई पत्र लेख्न र सूचना उपलव्ध गराउन निवेदन दिन सक्ने व्यवस्था छ । प्रमुखले पथ ७ दिनको समय पाउछन् । मन्त्रालयबाट सूचना नपाए ७ दिनपछि सूचना आयोगमा उजुरी हालेर कारवाहीको माग गर्न सक्ने व्यवस्था छ ।

गत २०७२ सालमा सडक विस्तारको ठेक्का लागेको यस सडक ७ बर्षसम्म पनि अलपत्र परेपछि सासंद डा. कार्कीले नियमित रुपमा ताकेता गर्दै सडक विस्तार द्रुत गतिमा काम अगाडि बढाउन लगाएकी छिन् । विद्युतको पोल सार्ने र खानेपानीका पाइप विस्तारपछि अव सडक कालोपत्रको चरणमा प्रवेश गरेको बताइएको छ । यो सडक सासंद डा कार्की बस्ने क्षेत्रको सडक हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।