१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनयमा फर्किए पल शाह, मुस्ताङमा गीतको छायांकन



काठमाडौं

२३ चैत । अभिनेता पल शाह एक वर्षपछि अभिनयमा फर्किएका छन् । मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए ।

रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको छायांकन भैरहेको जनाएका छन् । ‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् ।

‘रिहा भएपछि पहिलो सुटिङ हो’ पल निकट संगीतकर्मी योगेशकाजीले  भने ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ९ : २५ बजे