१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यका मेयर्स फोरममा चिरीबाबु महर्जन



काठमाडौं, २४ चैत । उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् । काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहने सो फोरमको उपाध्यक्षमा वासुदेव थापा, महासचिवमा घनश्याम गिरी, सचिवमा प्रकाश अधिकारी, कोषाध्यक्षमा कृष्णहरि महर्जन र सहसचिवमा सुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।

उनीहरु क्रमशः सूर्यविनाय, चन्द्रागिरि, टोखा, तारकेश्वर र मध्यपुरथिमीका नगरप्रमुख हुन् । फोरमको सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।

बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका लागि करिब दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : १६ बजे