१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘फ्लायर्स फिल्म अवार्ड्स’ वैशाखमा



काठमाडौं, २४ चैत । कोशी प्रदेशमा पहिलो पटक बलिउडको कन्सेप्टमा आयोजना गर्ने भनिएको ‘प्रथम फ्लायर्स फिल्म अवार्ड्स’ वैशाख १६ गतेका लागि सरेको छ । चैत २५ गते हुने भनिएको सो अवार्ड वितरण कार्यक्रम आगामी वैशाखका लागि सरेको हो ।

तर, पूर्ण तयारीका लागी पर्याप्त समय नभएको कारण देखाउँदै आयोजक कम्पनी ‘ओजस फिल्म्स एण्ड इन्टरटेन्मेन्ट प्राली’ले एक विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको हो । यस्तै कार्यक्रम स्थलमा पनि आयोजकले हेरफेर गरेको छ । जैन भवन विराटनगरमा गर्ने भनिएको कार्यक्रम अब सिटि प्यालेस विराटनगरमा हुनेछ । अवार्ड समारोहको मिति यो तेस्रो पटक सरेको हो । यसअघि स्थानीय तह निर्वाचनका कारण पछाडि धकेलिएको कारण कार्तिक ५ गते आयोजना गर्ने भनिएको थियो । तर, सो मितिमा पनि आयोजना हुन नसकेपछि विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले चैत २५ को मिति सार्वजनिक गरेको थियो ।

ओजस फिल्मस् एण्ड इन्टरटेन्मेन्टले साइमन फिल्मस्, मुम्बइको डिजाइनमा आयोजना गर्ने यो अवार्डका लागि विभिन्न सङ्घसंस्था, मल्टिनेसनल कम्पनी तथा उच्च अहोदाका व्यक्तिहरूले चासोका साथ हेरेको र सहयोगको बाचा गरेकोसमेत परिकल्पनाकार तथा निर्देशक साईमन राजवंशीले जानकारी दिनुभयो । सहयोगी संस्थाहरूलाई अनुबन्ध गर्ने क्रमसमेत बाँकी रहेका कारण पनि मिति परिवर्तन गर्न बाध्य भएको राजवंशीको भनाइ छ । विराटनगरमा पुरै तामझामसहित गरिने अवार्ड शोको नोमिनेसन लिस्ट चाडै सार्वजनिक गर्ने तयारी पनि आयोजकले गर्दैछ । यस्तै, आयोजक टिमका अनुसार प्रदेश १ मा रहेका डान्सरहरूलाई नि-शुल्क कोरियोग्राफी गरेर अवार्ड समारोहमा प्रस्तुति दिने मौकासमेत उपलब्ध गराउँदैछ, जसको लागी छनौट कार्यसमेत भइरहेको छ ।

आयोजकका अनुसार २०७६, २०७७ र २०७८ सालमा प्रदर्शन भएका नेपाली चलचित्रहरूबाट बेस्ट एक्टर, बेस्ट एक्ट्रेस, बेस्ट डिरेक्टर, बेस्ट म्युजिक डिरेक्टर, बेस्ट एक्सन डिरेक्टर, बेस्ट कोरियोग्राफर, बेस्ट प्लेब्याक सिंगर मेल, बेस्ट प्लेब्याक सिंगर फिमेल, बेस्ट कोमिक रोल मेल, बेस्ट सिनेमाटोग्राफी, बेस्ट डेब्यु मेल हिरो, बेस्ट डेब्यु फिमेल हिरोइन, बेस्ट सपोर्टिङ एक्टर मेल, बेस्ट सपोर्टिङ एक्टर फिमेल, बेस्ट इन नेगेटिभ रोल, बेस्ट स्टोरी, बेस्ट स्कृनप्ले, बेस्ट लिरिक्स, बेस्ट मुभी अफ द एयर, लाइफ टाइम अचिभ्मेन्ट अवार्ड, पब्लिक च्वाइँस बेस्ट हिरो अवार्ड, पब्लिक च्वाइँ बेस्ट हिरोइन अवार्ड र जुरी अवार्ड गरी २३ विधामा अवार्ड वितरण गरिने छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ५५ बजे