काठमाडौं
ललितखबर, २४ चैत्र । काठमाडौं महानगरपालिकाले तीनकुने गैरीगाउँ वागमती किनारको सुकुम्बासी बस्ती हटाउने तयारीपछि स्थानीयले प्रतिकार गरेका छन् ।
बस्ती हटाउन यस क्षेत्रमा प्रहरीको टोली पुगेपछि स्थानीय सुकुम्बासीले ढुंगा मुडा राखेर सडकमा अवराध राखेका छन् भने सडकमा टायर बालेर नाराावजी गरेका छन् ।
केही स्थानीयले हात हातमा लाठी बोकेका छन् ।
केही युवा प्रर्दशनमा उत्रेर फोटोपत्रकारलाई तस्विर नखिच्न चेतावनी दिइरहेका थिए ।
महानगरले पटक पटक वागमती किनारबाट हट्न सुकुम्बासीलाई सूचित गरिरहेको थियो ।
प्रतिक्रिया