१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘प्रसाद २’ रोकियो : निर्देशक सुदर्शनले मागे माफी



प्रर्दशन रोकिएसँगै चलचित्रका कलाकारहरुको बौद्धिक क्षति भएको छ भने निर्माता निर्देशकलाई  मानसिक तनाव छ

२५ चैत्र । लामो समयसम्मको प्रतिक्षा र प्रचारप्रसारपछि शुक्रबारबाट हल हलमा प्रर्दशनको तयारीमा रहेको चलचित्र प्रसाद २ को प्रर्दशन रोकिएको छ ।

चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले चलचित्र रोक्न माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेपछि उच्च अदालत पाटनकाका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले चलचित्रको प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको थियो ।

अदालतले थप सुनुवाइका लागि २६ गते दुवै पक्षलाई अदालतमा बोलाएको छ ।

शुक्रबार चलचित्र प्रसाद २ प्रर्दशन नभएपछि थापाले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।

नेपाल र विदेशका वितरकलाई पर्न गएको आर्थिक क्षति र कलाकार, प्राविधिक र सर्जकहरूमा पर्न गएको सिर्जनात्मक क्षतिप्रति अन्तरमनदेखि दुःख व्यक्त गर्दै र दर्शक शुभचिन्तकप्रति माफी उनले माफी मागेका हुन् ।

चलचित्र प्रर्दशनका लागि वितरकले अमेरिकाका विभिन्न हलहरु बुक गरेर अग्रिम भुक्तानी गरेका थिए । त्यो रकम डुवेको छ । प्रर्दशन रोकिएसँगै चलचित्रका कलाकारहरुको बौद्धिक क्षति भएको छ भने निर्माता निर्देशकलाई  मानसिक तनाव छ ।
शुक्रबारबाट चलचित्र बहाव प्रर्दशनमा आएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : २१ बजे