१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बिमलको नयाँ गीत सार्वजनिक



 

२५ चैत्र । नेपाली लोकसङ्गीतका गायक तथा सर्जक बिमलराज क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ ।
क्षेत्रीले ‘घर त पर हो’ बोलको गीत बिमलराज क्षेत्री नामक युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतमा उनको आफ्नै शब्द, सङ्गीत, स्वर रहनुका साथै भिडियोमा अभिनय पनि गरेका छन् ।

डेढ दशकअघि नेपाली लोकसङ्गीत उनका गीतले लोकप्रियताले शिखर छोएका थिए । क्षेत्रीका हरेक गीतले श्रोता र दर्शकको मन जितेको थियो । क्षेत्रीले १५ वर्षपछि ‘घर त पर हो’ बोलको गीत सार्वजनिक गरेको जानकारी दिए । “म सङ्गीतको साधनामा नै थिएँ । हराएको चाहिँ होइन । अब निरन्तर लोकगीत बजारमा ल्याउँछु”, उनले भने ।

दुई दशकअघि ‘बल्लै भो भेट’ गीतबाट चर्चामा आएका क्षेत्रीको रानीघाटैमा, मधुबनैमा, जापान टोकियो, ए हजुर एक्लो परानी, हिमाल सेतै छलगायत दर्जन बढी गीतले श्रोता माझ बलियो स्थान जमाउन सफल भएका थिए । पर्वत घर भएका क्षेत्रीले गीतसङ्गीतका साथै प्रशान्ति क्यासेट सेन्टर पनि सञ्चालन गरेका थिए ।

“विसं २०६४ सालमा अन्तिम पटक मेरो आफ्नै लय, शब्द र स्वरमा ‘डुल्छु रन वन’ गीतमा मोडलिङ गरेको थिएँ । अहिले १५ वर्षको अन्तरालमा ‘घर त पर हो’ गीतबाट फेरि अभिनयमा फर्केको छु”, उहाँले भन्नुभयो, “यात्रा सहज नहुँदो रहेछ । चर्चा र लोकप्रियता शेयर बजारजस्तो हुँदो रहेछ । कहिले हरियो त कहिले रातो । भाइरलभन्दा पनि आउँदो पुस्ताले स्वीकार्न सक्ने सृजना दिनुपर्छ भन्ने लाग्छ ।”

शब्द, लय र स्वर उहाँकै रहेको उक्त गीतमा टीकाकुमारी क्षेत्रीले साथ दिनुभएको छ । भिडियोको निर्देशन उदिराम खड्काले गर्नुभएको छ भने अभिनय कविता गलाल, उदिराम खड्का, टीकाकुमारी क्षेत्री र गायक क्षेत्रीको रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ११ बजे