१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र बहाव  समिक्षा : नयाँ प्रयोग, राम्रो चलचित्र



अव के होला? अव के होला ? भन्ने कौतुहल बनाउने किसिमको चलचित्र छ । चलचित्र घरमा पुगेर हेर्दा हेरुञ्जेल मनोरञ्जन हुन्छ

२६ चैत्र । चलचित्र बहाव शुक्रबारबाट देशभरका हलहरुमा प्रर्दशन भइरहेको छ । फोटोपत्रकार श्रीधर पौडेलको लगानीमा निर्माण भएको यस चलचित्र प्रमोद कँडेलले निर्देशन गरेका हुन् । डेव्यु निर्देशन रहेको प्रमोदको यो चलचित्र राम्रो छ । श्रीधरले निर्माण गरेको अघिल्लो चलचित्र गोपिले बक्सअफिसमा खासै कमाल देखाएको थिएन । उनको चलचित्र बहावले भने उत्साह देखाउने संकेत दिएको छ ।
फरक धारको कथामा निर्माण गरिएको बहाव चलचित्रले एउटा सम्भावना बोकेको छ । चलचित्रको कथा खास नयाँ छैन तर नयाँ प्रयोगले राम्रो सम्भावना बोकेको छ ।
चलचित्रले एउटा घरभित्रको सामान्य कथालाई देखाइएको छ । हरेक घरमा एउटी छोरीको विवाहको बखत देखिने पारिवारीक अन्र्तद्वन्द्व पुरै चलचित्रभर देख्न पाइन्छ ।
चलचित्रको अन्त्य भने धेरै रोमाञ्चक छैन । चलचित्रले पुरै अवधि बाँधेर राख्छ । अव के होला? अव के होला ? भन्ने कौतुहल बनाउने किसिमको चलचित्र छ । चलचित्र घरमा पुगेर हेर्दा हेरुञ्जेल मनोरञ्जन हुन्छ ।
सिनेमेट्रोग्राफीमा भने धेरै कमजोरी छन् । कतिपय फ्रेम हल्लिएको र फ्रेमिङ नमिलेको र रुल अफ थर्ड, गोल्डेन ट्रङ्गलजस्ता समाान्य फोटोग्राफिक नियम विपरित रहेको भेट्न सकिन्छ । क्यामेरामा एण्टिलाइट र प्रकाशको उचित संयोजन समेत छैन ।
चलचित्रको मुख्य भुमिकामा सुरक्षा पन्त छिन् । चलचित्रमा पात्र थोरै छन् । कथाले लय समातेको छ । अभिनेत्री सुरक्षा पन्तको अभियन अव्वल छ । अरु कलाकारहरुको अभियन दमदार नहुँदा चलचित्र हेर्दा मन ठाँउ ठाँउमा कुडिन्छ ।
चलचित्रको सुरुमै लामो टङकिस राखिएको छ । अस्वभाविक लाग्ने केही संवाद सुरुमै भए पनि पछि यस्तो किसिमको सिलसिला कही भेटिन्न । त्यसैले चलचित्र लयमा बगेको पाइदैन ।
चलचित्रले पारिवाभित्र मिलन होइन भड्काव देखाइएकोे छ । यो कथा महिलाअधिकारको पक्षमा देखिने महिलाहरुले मन पराउन सक्छन् । पुरानो पुस्ताले चलचित्रको कथामा विमत्ती राख्न सक्छन् ।
चलचित्रमा द्वन्द्व र गीतसंगीतको खासै प्रभाव छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ०६ बजे