१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘माग्ने बुढा’ भन्छन्, ‘यो दुनियाँ आखिर माग्ने नै रहेछ’



काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको अडियो सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ । अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।
यसैबीच केदाप्रसाद घिमिरेले उक्त अडियोलाई लिएर भइरहेको चर्चाप्रति लक्षित गर्दै कटाक्ष गरेका छन् । चर्चित टिभी सिरिज ‘मेरी बास्सै’मा आफूले अभिनय गरेको माग्ने बुढाको क्यारेक्टर तस्वीर पोस्ट गर्दै उनले लेखेका छन्, ‘सबैले केही न केही मागेर छाड्छन् । यो दुनियाँ आखिर माग्ने नै रहेछ ।’
उनले तोकेरै अडियो काण्डबारे उल्लेख गरेका छैनन् तर समय र सन्दर्भको हिसाबले उनको यो कटाक्ष त्यतैतर्फ सोझिएको हुन सक्छ । अभिनेता घिमिरेले अन्य केही उल्लेख नगरेपनि उनको उक्त पोस्टमा ढाकाप्रसादको भनिएको अडियोलाई लिएर टीकाटिप्पणी भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  २ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।