२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मिस नेपाल वर्ल्ड अस्मि श्रेष्ठ राइटपाथको ब्राण्ड एम्बेस्डर



 

२६ चैत्र । मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छिन् ।
शुक्रबार हात्तीसार स्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भए सँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन्।
यस अघिकी ब्राण्ड एम्बेस्डर पुजा शर्माको कार्यकाल सकिए सँगै संस्थाले अस्मिलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्राएको हो ।

सम्झौता कार्यक्रममा स्वागत मन्तव्य राख्दै राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जीशीले अस्मि श्रेष्ठ जस्तो व्यक्तित्वलाई सद्भावना दूत बनाउन पाउँदा गौरवको महसुस भएको बताए ।

ब्रान्ड एम्बेस्डर बनेपछि कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मिस नेपाल अस्मि श्रेष्ठले आफू मिस नेपाल बनिसकेपछि फेसन मोडलका रूपमा कार्यरत रहेको र इन्टेरियर डिजाइनर समेत भएको बताएकी छिन् ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।