११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको कर्मनासा खोला सरसफाई अभियान सुरु हुँदै



२७ चैत्र । उपत्यकाको दक्षिणी भेगमा रहेको कर्मनासा खोला पनि सरसफाई हुने भएको छ । आगामी नयाँ बर्षबाट खोला सरसफाई अभियान सुरुको शुभारम्भ हुने भएको हो ।

गोदावरी खोला सरसफाई अभियानकी अभियन्ता बेबी राजभण्डारीका अनुसार खोला सरसफाईसँगै सचेतना कार्यक्रम समेत आयोजना गरिनेछ । उनले भनिन्, ‘खोलामै पसेर सफा गरेर मात्रै सरसफाई नहुने रहेछ । सरसफाई गर्ने भन्दा पनि फोहोर नै हुन नदिन हामी समुदायका सरोकारवालासँग अन्र्तक्रिया छलफललगायत काम गर्ने निश्कर्षमा पुगेका छौं ।’

कर्मनासा खोला किनारको वातावरण सुन्दर बृक्षारोपण गर्ने कार्यक्रम समेत रहेको डिभिजन बन कार्यालय ललितपुरका प्रमुख रामकुमार भण्डारीका बताए । अभियान यही बैशाखबाट सुरु हुनेछ ।

कर्मनासा खोला गोदावरी नगरपालिका,ललितपुर महानगर र महालक्ष्मी नगरपालिका हुँदै बग्ने गरेको छ । गोदावरी नगरपालिकाको बडिखेलबाट सुरु भई झरुवाराशी,ठैव,हरिसिद्धि, धापाखेल, हात्तिबन,ग्वार्को, वालकुमारी हुँदै मनहरा नदिमा पुगेर मिसिन्छ ।

पछिल्लो समय कर्मनारा खोला वरपर फोहोर बढ्दा नदिको बहावमा समेत असर परेको छ ।

ललितपुरको गोदावरी खोला विगत ५ बर्षदेखि अभियन्ताहरुले निरन्तर सरसफाई गरिरहेका छन् ।

तर कर्मनासा र नख्खुखोलाको सरसफाई हुन सकेको छैन । गोदावरी नगरपालिकाले समेत नदि सरसफाईमा ध्यान नदिएको अभियन्ताहरुलाई सरसफाईका लागि बजेट नछुट्याउदा सरसफाई गर्न कठीन भएको अभियन्ता राजभण्डारी बताउछन् ।

 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ४ : १७ बजे