१४ माघ २०८१, सोमबार | Mon Jan 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अघिल्लो सरकारको निर्णयले ललितपुरमा घर भासिएः सांसद कार्की



काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले निमुखा जनतालाई ऐन र ठूलालाई चैन हुन नहुने बताएकी छन्। ललितपुरको कुपण्डोल टोलमा शुक्रबार राति घरहरू भासिएको विषयमा उनले यस्तो टिप्पणी गरेकी हुन्।

‘त्यो घरहरू कुनै पनि भुँचालो आएर भासिएको होइन। त्यहाँ घर भासिएको थियो, गत वर्षको सरकारको निर्णयले। जसले ठूलाबडालाई चैन दिएको थियो। त्यसकारण त्यहाँ घर भासिएको थियो’, सोमबार प्रतिनिधि सभाको बैठकमा उनले भनिन्।

उनले ४÷५ वटा घरहरू काम नलाग्नेगरि भासिएको बताउँदै त्यसको छेउमा १६ तले अपार्टमेन्ट (समिट होटल) बन्न लागेको बताइन्। उनले जग खन्दै गर्दा गत वर्षको सरकारले प्रकिया परिवर्तन गरेको बताइन्। उनले सधियारसँग दृरी नराख्ने निर्णय गरेको बताउँदै निर्णय गर्नेलाई के फाइदा भयो भन्दै प्रश्न गरिन्।

उनले अपार्टमेन्ट बन्दा त्यसको नक्सा महानगरपालिकासँग पेस नभएको भन्दै आपत्ति जनाइन्। वातावरण प्रभाव मूल्याकंनको अध्ययन नभएको भन्दै गत वर्ष सरकारले ऐन, नियम र कानुन तोडेको उनको आरोप छ।
त्यहाँको निर्माणकर्ता ठूलाबडा र पहुँचयोग्य भएको उनको दाबी छ। उनले कुनैपनि व्यक्तिहरूलाई लाभ पुग्नेखालका निर्णय नगर्न सरकारको ध्यानाकर्षण गरिन्। उनले घर भासिएका जनतालाई तत्काल क्षतिपूर्ति दिन समेत माग गरिन्।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : २० बजे