ललितपुर,२७ चैत । ललितपुर महानगरपालिकाले लैंगिक हिंसामा परेकाहरुको उद्धार र राहतका लागि हटलाइन सेवा सुरु गरेको छ । हिंसामा परेका व्यक्तिले तत्काल उद्धार र राहत पाउनका लागि ११३१ मा सम्पर्क गर्न सक्छन् । नगर प्रहरी लैंगिक हिंसाका बारेमा चेतना जगाउन र हटलाइन ११३१ को बारेमा जानकारी दिन चोकमा पुग्न सुरु गरेका छन् ।
नगर प्रमुख चिरिबाबु महर्जनले लैंगिक हिंसा न्यूनीकरणका लागि हटलाइन नम्बरको प्रयोगले सहयोग गर्ने बताए । हिंसारहित महानगर भएमात्रै महानगर स्मार्ट हुने उनले प्रष्ट पारे ।
२७ चैत्र २०७९, सोमबार
10
Shares
प्रतिक्रिया