२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


माग्ने बुढा लगाउछन् जनै, दिपकराज लगाउदैनन्



उनले केदार घिमिरेको जन्म दिनको अवसर पारेर सच्चा साथी भाइका बिचमा केहि कुरा पनि लुकेको हुन्न भन्दै कपडा नलगाएको तस्विर सार्वजनिक गरेका हुन्

२८ चैत्र । आज हास्यकलाकार केदार घिमिरेको जन्म दिन । उनका मित्र एवं अर्का अभिनेता तथा हास्य कलाकार दिपक राज गिरीले एउटा रोचक तस्विर सार्वजनिक गरेका छन् ।
तस्विरमा केदारले जनै लगाएका छन् । तर दिपकराजले लगाएको देखिदैन । केदारले गलामा सुनको सिक्रि लगाएको देखिन्छ ।
अभिनेता दिपकले हास्य कलाकार केदारबारे भावुक तथ्य समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले केदार घिमिरेको जन्म दिनको अवसर पारेर सच्चा साथी भाइका बिचमा केहि कुरा पनि लुकेको हुन्न भन्दै कपडा नलगाएको तस्विर सार्वजनिक गरेका हुन् ।
उनले आफूहरुबीच मित्रता प्रगाढ छ भन्दै जन्म दिनको शुभकामना दिएका हुन् ।

यस्तो छ उनको भावुक स्टाटस :
भनिन्छ सच्चा साथि भाइका बिचमा केहि कुरा पनि लुकेको हुन्न , त्यहि भएर फोटो पनि त्यस्तै हालियो‘..!
म भनेको म नै हूँ भन्ने सोच बाट मुक्त भएर
हामि हामि एक छौ र त म म हुन पाएँ भन्ने सिद्दान्तमा हिडेका हामि , संगै हिडेको पनि १० बर्ष भएछ ‘..
साथि त्यो हो जस्ले कहिले माया गर्छ , कहिले गालि गर्छ , जिस्किन्छ ,झगडा गर्छ , कहिले रिसाउछ अनि ठूलै आपत पर्दा पनि कहिलै साथ छोड्दैन बरू बेला बेलामा मार्ग निर्देश गरि रहन्छ !
यस्तो साथि आजकल किताबमा र कथामा मात्रा पाइन्छ भन्थे तर एउटा माष्टर पिस चाहि म संग पनि छ
मेरो प्यारो भाइ , साथि , सहयात्री केदार प्रसाद घिमिरेको “ माग्ने बूढा” को आज जन्मदिन‘. मन बाटै धेरै धेरै धेरै शुभकामना! इश्वरको कृर्पाले धेरै कुरा प्राप्त छ जीबनमा ,अझै राम्रो हूदै जाओस!
जय शम्भु!!

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।