काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको पाइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीबाट उक्त रकम नेपाल भित्रिएको हो । जसको वृद्धिदर २५.३ प्रतिशत हुन्छ। चालु आर्थिक वर्षको फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सरकारको चालू खाताको घाटा सुधारिएको छ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा चालू खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा छ । गत वर्षको सोही अवधिमा सरकारी चालू खाता ४ खर्ब ६० अर्ब ७२ करोडले घाटामा थियो । यसअनुसार एक वर्षको अवधिमा चालू खाता घाटामा व्यापक सुधार आएको हो ।
प्रतिक्रिया