१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सामाखुसीबाट पक्राउ परे न्यायाधीश भुवन गिरी



काठमाडौं, २८ चैत । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणीको आरोपमा श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई मंगलबार पक्राउ गरेको हो। उनलाई काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो। उता श्रीमतीविरुद्ध भने अर्को मुद्दामा कारबाही अगाडि बढेको छ। उनीविरुद्ध सरकारी कागजात किर्तेको उजुरी दर्ता भएको छ। उनलाई पनि पक्राउ गर्न जिल्ला अदालत बाँकेले अनुमति दिइसकेको छ। गिरी हाल न्यायपरिषदमा कार्यरत छन्।

 

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  २ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।