नेता सुदर्शन मिश्रले आफू पार्टी छोडेकोमा आत्मआलोचना गर्दै पूरानो सदस्यता नवीकरण गरेर एमालेमा फर्किएको
ललितपुर
२९० चैत्र । नेकपा एकीकृत समाजवादी ललितपुर झण्डै ४ दर्जन नेताहरु एमालेमै फर्किएका छन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा समाजवादीका जिल्ला कमिटी सचिव सुदर्शन मिश्र, केन्द्रीय निर्वाचन विभाग सदस्य तथा जिल्ला कमिटी सदस्य शिलग्राम मिश्र, जिल्ला कमिटी सदस्य राजेन्द्र थापा, ऋषिराज भेटवाल, माधव बन्जारा, कृष्ण महर्जन, राजन घिमिरे, सानुमैया कार्कीलगायत ३९ प्रवेश गरेका छन् ।
उनीहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिका र खादा लगाएर प्रवेश गराएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव शंकर पोखरेलले विपक्षी दलहरुले एमालेलाई संविधान विरोधीको रुपमा हल्ला गरिरहेको आपत्ती व्यक्त गरे ।
पार्टी प्रवेश गरेका नेता सुदर्शन मिश्रले आफू पार्टी छोडेकोमा आत्मआलोचना गर्दै पूरानो सदस्यता नवीकरण गरेर एमालेमा फर्किएको बताएका छन् । देशको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमाले मात्र भएको मिश्रको भनाई छ ।
पार्टी प्रवेश गर्नेहरुमा विष्णु घिमिरे,रुद्रबहादुर केसी,नरेन्द्र चन्द,महेन्द्र मानन्धर राजमान कायस्थ। डा कृष्ण राई,राजु मानन्धर,रमेश पोखरेल,शान्ति लामा,विमला कार्की, शोभा मिश्र,नरेश तण्डुकार,रामकाजी महर्जन,देवि थापामगर,सुरुचना गुरुङ,राधा पन्त,राजेश मानन्धर,रामा लामा,हस्त बहादुर पुन,राजन घिमिरे, विनोद श्रेष्ठ,देवि लामा, सुरेन्द्र मुल्मी, मनकुमारी लिम्बु,राजिव बानियाँ,विक्रम घिमिरे,राजन घिमिरे,संजय पोखरेल,कल्पना घिसिङ, विमला खतिवडा र सुमन महर्जन रहेका छन् ।
प्रतिक्रिया