१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


निक्षेपको ब्याजदर घटाउने बैंकहरुको निर्णय



काठमाडौं, २९ चैत । बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ। बैंकर्स संघको बुधबारको बैठकले एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको छ।

त्यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ। बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ।

अहिले झरेको निक्षेपको ब्याजको असर आधार दरमा साउनदेखि पर्नेछ। यद्यपि बचतको ब्याजदर तत्कालै घट्ने भएकाले आधार दर कम भएर नयाँ ऋणीलाई कम ब्याजमा पैसा उपलब्ध हुने छ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।