काठमाडौं, २९ चैत । चलचित्र विकास बोर्डले नयाँवर्षदेखि मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने भएको छ । चलचित्र कलाकार संघले बुधबार काठमाडौंमा गरेको नयाँ वर्षको शुभकामनासहित धन्यवाद तथा बधाई ज्ञापन कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीले यस्तो जानकारी गराएका हुन् ।
अध्यक्ष केसीले वैशाखदेखि मासिक रुपमा नियमित फिल्मको कमाइ सार्वजनिक गर्ने बताए । झण्डै ६० वर्ष लामो नेपाली फिल्मको इतिहासमा बोर्डले पहिलोपटक २०७९ सालमा प्रदर्शन भएका स्वदेशी र विदेशी गरी १३२ फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको थियो ।
२९ चैत्र २०७९, बुधबार
6
Shares
प्रतिक्रिया