११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कुलेश्वरमा फोहोर फ्याकेपछि काठमाडौं महानरद्वारा १५ हजार जरिवाना



 

२९ चैत्र । काठमाडौं महानगरले कुलेश्वर क्षेत्रमा फेहोर फ्याक्नेपछि १५ हजार एक व्यीक्तलाई जरिवाना तिराएको छ ।

बिहीबार राति वडा नं १४ को कुलेश्वर क्षेत्रमा बा४च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा महानगरको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो । जथाभावी फोहर फालेको भन्दै महानगरले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ ।

सार्वजनिक स्थानमा फोहर फाल्ने बढेपछि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ ।

यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ ।
जरिवाना असुल गरी उक्त गाडीलाई फोहर जथाभावी नफाल्ने सर्त राखेर रिहा गरेको महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिएका छन् । दुई हप्ताअघि पनि महानगरले तोकिएको स्थान भन्दा अन्यत्र फोहर फाल्नेबाट कारबाहीस्वरूप रु १२ हजार जरिवाना असुल गरेको थियो ।

वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि महानगरको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । कामपाको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय महानगरले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ ।

फोहरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि महानगरले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । “नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई रु पाँच सयदेखि पाँच हजारसम्म जरिवानासमेत तिराउने गरेको छ”, प्रमुख श्रेष्ठले भने ।

महानगराले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगराले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । महानगरको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ ।

उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन दुई सय गाडी फोहर बोकेर बञ्चरेडाँडामा जाने गर्दछन् । पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेकाले दुर्घटनाको खतरा बढाएको भन्दै महानगरले अनधिकृत फोहर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ५ : २२ बजे