१३ माघ २०८१, आइतबार | Sun Jan 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको कर्मनासा खोला फोहोर किन ?



 

३० चैत्र । गोदावरी १४ का निरोज बज्रचार्यलाई बाल्यकालमा कर्मनासा खोला सफा र कलकल बगेको याद छ । उनी यो खोलाको पानी अञ्जुलीले उठाएर खाएको सम्झन्छन् । तर पछिल्लो समय हेर्दा हेर्दै फोहोर बनेको र सफाई अभियान सुरु गर्नु परेको बताउछन् ।

उनी संयोगले अहिले ललितपुरको ठैव क्षेत्रमा पर्ने गोदावरी १४ को वडाध्यक्ष छन् । उनले यो खोला सफा राख्नकै लागि पछिल्लो समय खोला किनारमा बंगुर, गाईभैसी पाल्न अनुमति नदिएको बताउछन् । भन्छन्, ‘अव हामीले कर्मनासा सफा राख्न सरसफाई अभियान चलाउने होइन फोहोर नगर्ने अभियान चलाउनु पर्छ ।’

गोदावरी १३ का वडाध्यक्ष भास्कर थापा जनस्तरमा सफाईमा खासै ध्यान नदिएको बताउछन् । स्थानीयहरुमा सडक र पुर्वाधारको मात्रै चिन्ता हुने गरेको तर स्वास्थ्य र शिक्षा र सरसफाईजस्ता अत्यावश्यकीय सामाजिक जीवनको बारेमा कसैलाई चिन्ता नरहेको थापाले तर्क गरे ।

स्थानीय भने कर्मनासा खोला किनारमा धेरै उद्योगले मापदण्ड विपरित फोहोर पानी पठाउने गरेको उद्योगकै कारण फोहोर हुने गरेको गुनासो गर्छन् ।

शहरका कुना कुनासम्म गोदावरी नगरपालिकाको फोहोर उठाउने गाडी नपुग्दा बाध्यताबस धेरै स्थानीयले खोला किनारमा फोहोर फ्याक्ने गरेको गोदावरी खोला सरसफाईका अभियन्ताहरु बताउछन् । उनीहरुका अनुसार शहरका गरिव परिवारले नगरपालिकाको गाडीलाई मासिक चर्को शुल्क बुझाउन नसक्दा फोहोर सार्वजनिक स्थलमा फ्याक्ने क्रम सुरु भएको छ ।

सुरु हुँदैछ सरसफाई अभियान

यही बैशाख २ गतेबाट उपत्यकाको यो कर्मनासा खोला सरसफई अभियान सुरु हुने भएको छ । डिभिजन बन कार्यालय ललितपुरको अगुवाईमा यो नदि सरसफाई अभियान सुरु हुने भएको हो ।

कर्मनासा खोला सरसफाई ललितपुरका १७ वडा वडाहरु पार गर्दै मध्य काठमाडौंको मनहरा खोलासम्म हुने भएको हो ।

प्रदेश सरकारको लगानीमा वागमतीका ५ जिल्लामा यो अभियानका लागि बजेट छुट्याइएको थियो । काठमाडौंको बुढानिलकण्डमा क्षेत्रमा वागमती नदि सरसफाई हुँदैछ । भक्तपुरको हनुमन्ते खोला सरसफाई योजना छनौट भएको थियो । तर यो योजना नहुने बताइएको छ ।

यस नदिको मुहानबाट सिद्धिपुरका स्थानीयले खानेपानी प्रयोग गर्दै आएका छन् । खोलाको तल्लो क्षेत्रमा फहोर बढेपछि पाइप मुहानमै लगेर जडान गरेर बस्ती बस्तीसम्म पानी लैजाने क्रम बढेपछि नदि सानो हुँदै गएको छ । तल्लो क्षेत्रमा कर्मनासा खोला सानो बन्दै जाँदा किसानलाई सिंचाई गर्न अप्ठ्यारो परेको बताउछन् ।

फोहोर फ्याक्न हुँदैन भन्ने थाहा हुँदा हुँदै खोलाको किनारमा लगेर फ्याक्ने गरेको अभियन्ता बताउछन् । बद्मासी गरेको खण्डमा सजाय हुन्छ भन्ने जनस्तरमा जानकारी दिनु जरुरी रहेको उनीहरुको भनाई छ ।

पछिल्लो समय कर्मनासा खोला निरन्तर फोहोर बढ्दै गएको छ । महानगरका केही वडा कार्यालयले खोला सरसफाईको क्रममा डोजर लगाएर सरसफाई गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  २ : १९ बजे