काठमाडौं, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया