१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘चलचित्र ऐन बनाउँदै छौँ’



३० चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले चलचित्र क्षेत्रमा देखिएका कठिनाइ हटाउने ऐन प्रक्रियामा रहेको बताएका छन् ।

वैशाख १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘बुलाकी’ प्रिमियर शो हेर्न पुगेका सांसद शाहीले बन्ने ऐनबारे सुझाव लिइरहेको बताएका छन् । “म चलचित्र क्षेत्रसँग नजिक रहेकाले पनि यहाँको समस्यालाई सुनेको छु, बुझेको छु । बनिरहेको ऐनले सुनिने गुनासो हटाउने छ”, उनले भने, “नेपालमा विदेशी चलचित्रका कारण बाहिरिरहेको रकमलाई बन्ने ऐनले रोक्नेछ ।”

चलचित्र नीति पछिल्लो समय विसं २०७१ मै तयार भएको थियो । ऐन नबन्दा विसं २०२६ मा तयार गरिएको पुरानै ऐनअनुसार चलचित्र क्षेत्र चलिरहेको छ । पुरानै ऐनका आधारमा बनेको कार्यविधिले अहिले देखिएको समस्या समाधान नगर्ने निर्देशक ज्ञानेन्द्र देउजाले बताएका छन् ।

“विसं २०२६ मा बनेको ऐनले अहिलेको डिजिटल समयमा सहायता गर्न सक्दैन । हामीले चलचित्र तयार गर्दा विविध कठिनाइ भोग्ने गरेका छौँ । हाम्रो विज्ञले नीतिलाई तयार गरेर दिएका छन् । तर त्यो अगाडि बढ्न सकेको छैन”, उनले भने । उनले नयाँ ऐन बनेमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

आयोजित प्रिमियर शोमा नेपाली कांग्रे्रेसका नेता भुपेन्द्रजङ शाही, नेविसङ्घका नेता रघुवीर कार्कीसँगै उपस्थित चलचित्रकर्मी नीता ढुङ्गाना, हरिहर अधिकारी, मुकुन्द भुसाल, पुष्प खड्का, प्रकाश शाहलगायतले चलचित्र ‘बुलाकी’ ले उठान गरेको विषयवस्तुको चर्चा गरे ।

लक्ष्मण सुनारको निर्देशनमा तयार चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, लक्ष्मी गिरीलगायत कलाकारले अभिनय गरे छन् । चलचित्रमा कर्णालीको भूभागलाई आधार बनाएर श्रीमान् छाडेर गएपकाछि जारी उठाउने कथा देखाइएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ४ : १४ बजे