१ बैशाख । आजबाट एकै दिन तीन चलचित्र प्रर्दशन सुरु भएको छ । नयाँ बर्षको पहिलो दिन छुट्टीको दिन र भोलि शनिबार चलचित्रको व्यापार राम्रो हुने लोभले निर्माताहरुले चलचित्र जुधाएर चलाउन लागेका हुन् ।
चलचित्र ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ देशभरका हलहरुमा प्रर्दशन हुन लागेका हुन् ।
चलचित्र ‘जारी’ को उपेन्द्र सुब्बा निर्देशन गरेका छन् भने चलचित्र ‘बुलाकी’ लक्ष्मण सुनारद्वारा निर्देशन गरिएको छ । चलचित्र जारीको हलहरुमा टिकट बुकिङ आक्रमक रहेको बताइएको छ । चलचित्र ‘बुलाकी’लाई थोरै हल दिइएको गुनासो सिने बजारमा सुनिएको छ । दुवै चलचित्र पश्चिक क्षेत्रको जारी प्रथामा आधारित रहेका छन् । चलचित्र बुलाकीले गत बुधबार राजधानीमा पहिलो प्रर्दशन(प्रिमियर) समेत सम्पन्न गरेको छ ।
निर्देशक प्रवेश पौडेलको चलचित्र ‘बिहे पास’ पनि आजबाट देशभर प्रर्दशन भइरहेको छ ।
केही समयअघिसम्म बलिउडका चलचित्रसँग नजुधाई नेपाली चलचित्र एक्लै चलाउनु पर्ने र नेपाली चलचित्र विकाशमा हलहरुले सहयोग गर्नु पर्ने आवाज उठाउने निर्माताहरु नै आफु आफुमा चलचित्रहरु जुधाउन थालेका हुन् । नेपाली चलचित्र हरेक शुक्रबारबाट प्रर्दशन सुरु हुने गरेको छ । अभिनेता दयाहाङ राईद्वारा अभिनित चलचित्र विहे पास र जारी आफैमा प्रतिश्पर्धा गर्ने अवस्थामा आएको छ ।
प्रतिक्रिया