२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरमा अव अनलाइनबाट घरको नक्सा पास



१ बैशाख । काठमाडौँ महानगरपालिकाले आजदेखि पूर्ण रुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात गरेको छ ।
१ बैशाख । महानगरका मेयर बालेन शाहले अनलाइन प्रणालीबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिने बताएका छन् ।
उनका अनुसार अनलाइन प्रणाली सुरु भएपछि घरबाटै संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।
यसले पहिले दुई तीन महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको महानगरको भनाई छ ।
यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन बताइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।